Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब ८३ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २५९१.८० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, रिज लाइन इनर्जीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK