Skip to content
LAXMI SUNRISE BANK

श्रमिकलाई अनिवार्य ‘चाडपर्व खर्च’ दिन श्रम विभागको निर्देशन

अर्थ सरोकार

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन निर्देशन दिएको छ । विभागले ‘श्रम ऐन २०७४ को दफा ३७’ अनुसार श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको हो । 

कतिपयले श्रमिकलाई चाडपर्व खर्च नदिएको गुनासो आएपछि यस्तो निर्देशन दिन परेको विभागले जनाएको छ । 

विभागले प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि श्रमिकले पाउने एक महिना बराबरको आधारभूत रकम चाडपर्व खर्चका रुपमा उपलब्ध गराउन भनेको छ । 

यसका बावजुत रोजगारदाता वा प्रतिष्ठानले चाडपर्व खर्च नदिए श्रम तथा रोजगार कार्यालय वा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिन पनि विभागले आग्रह गरेका छ । उजुरी इमेलमार्फत दिन सकिनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK