Skip to content
LAXMI SUNRISE BANK

सुन तस्करी प्रकरणः यी हुन् पक्राउ परेका ३ चिनियाँ तस्कर…

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै ३ जना चिनियाँ नागरिकलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा २७ वर्षका हान फेइ, ३७ वर्षका वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन् । उनीहरु तीनै जना चिनियाँ नागरिक हुन् ।

उनीहरुलाई शुक्रबार प्रहरीले बुढानीलकण्ठको साढे २ तला घरबाट पक्राउ गरेको थियो । उनीहरुसँगै प्रहरीले ठोस र अर्धठोस गरी २१ किलो ७५० ग्राम सुनसहित सुन गाल्ने र आकार दिने मेसिन बरामद गरेको थियो ।

मासिक ३ लाख ३० हजार भाडामा लिएको घरबाटै उनीहरुले सुन तस्करीको धन्दा चलाउँदै आएको प्रहरीको निष्कर्ष छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK