Skip to content
LAXMI SUNRISE BANK

‘बालापन’ सम्झाउने सुमन कुमारको नयाँ गीत सार्वजनिक

अर्थ सरोकार

काठमाडौँ । सुमन कुमार वाग्लेको नयाँ गीत सार्वजनिक भएको छ । दशैँको मुखमा वाग्लेको ‘बालापन’ गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा वैदेशिक रोजगारीमा गएर गाउँ फर्किएको युवाले आफ्नो बालापनलाई सम्झिएको दृश्य देखाइएको छ ।

साथै उक्त गीतमा बालापनमा बिताएका समय, बालापनका साथीभाइसँग खेलिएका खेल, मित्रता, परिवारको माया, साथ र सम्बन्धलाई मिठो रुपमा प्रस्तुत गरिएको छ ।

गाउँले जीवनलाई सम्झनामा देखाउन खोजेको उक्त गीतमा विदेशिनुको बाध्यता पछाडिको पीडा र परिवारप्रतिको माया दर्शाउन खोजिएको छ । यस्तो छ भिडियोः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK