काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने उनको सचिवालयले जनाएको छ ।
आज (कात्तिक ९ गते) देखि सुरु हुने एनपीएललाई सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै बालेनले नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।
एनपीएल त्रिवि अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ । एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । खेल अपराह्न साढे ४ बजेदेखि सुरु हुनेछ ।
एनपीएलमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्