Skip to content
LAXMI SUNRISE BANK

एशियन लाइफका सिइओले दिए राजीनामा, कामु सिइओको जिम्मेवारी होमबहादुरलाई

अर्थ सरोकार

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । कम्पनीका सिइओ दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् ।

श्रेष्ठको राजीनामा कात्तिक ५ गते बसेको सञ्चालक समितिको २३३औँ बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

कम्पनीका एक सञ्चालकका अनुसार श्रेष्ठको राजीनामा कात्तिक १० गतेदेखि लागू हुनेछ । श्रेष्ठको राजीनामासँगै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्म नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई कामु सिइओको जिम्मेवारी दिने पनि निर्णय गरेको छ ।

सिइओको राजीनामा र कामु सिइओ तोक्ने निर्णयबारे कम्पनीले नेप्से, बीमा प्राधिकरण, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK