Skip to content
LAXMI SUNRISE BANK

मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्ने दुई जना पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयका अनुसार पक्राउ पर्ने व्यक्ति झापाका ४४ वर्षीय संजय सुबेदी र चितवनका ३४ वर्षीय मधुमालती स्याङताङ रहेका छन् ।

सुबेदीले मलेसिया पठाउने भन्दै १ जनाबाट ९ लाख र स्याङताङले पनि एक जनाबाट २ लाख रुपैयाँ लिएर विदेश नपठाई सम्पर्क विहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हाल दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK