Skip to content
LAXMI SUNRISE BANK

३ महिनामै ४ सय ६४ कर्मचारीले दिए राजीनामा, सबैको राजीनामा स्वीकृत !

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो ३ महिनामा ४ सय बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती) को विवरण अनुसार राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी ४ सय ६४ कर्मचारीले जागिरबाट राजीनामा दिएका हुन् । 

चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्म राजीनामा दिनेमा राजपत्राङ्कित २ सय ७ जना कर्मचारी छन् भने राजपत्र अनङ्कित २ सय ५७ जना कर्मचारी छन् ।

किताबखानाका अनुसार राजीनामा दिने राजपत्राङ्कित कर्मचारीमा ४ सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृत तहका कर्मचारी छन् भने राजपत्र अनङ्कित कर्मचारीमा १३७ जना खरदार तथा नायब सुब्बा तहका कर्मचारी छन् । 

त्यस्तै, १२० जना श्रेणीविहीन कर्मचारी छन् । राजीनामा दिएका कर्मचारीहरुको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK