Skip to content
LAXMI SUNRISE BANK

टुच्च बढ्यो नेप्से, ५ अर्ब ७९ करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३६० कम्पनीको १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको २८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK