Skip to content
LAXMI SUNRISE BANK

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कहिलेसम्म छ आवेदन दिने म्याद ?

अर्थ सरोकार

काठमाडौँ । हिम पर्वत हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

जसमध्ये कम्पनीले प्रभावित क्षेत्रका स्थानीयका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण सेयर छुट्याइएको छ ।

जसमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

त्यस्तै, कम्पनीले ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेको नेपालीका लागि छुट्याएको छ ।

प्रभावित स्थानीयका लागि जारी आईपीओ छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते बन्द हुनेछ । वैदेशिक रोजागरीमा रहेको नेपालीले भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेभित्र आवेदन दिनुपर्नेछ । कम्पनीले कात्तिक ११ गतेदेखि जारी गर्न लागेको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्युआर रेटिङ डबल बी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK