काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा १६.९९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंक खुद ब्याज आम्दानी पनि १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा ४.४१ प्रतिशतबाट ३.९३ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि बैंकको इम्पेयरमेन्ट पनि ११ करोड ६ लाखबाट घटेर ४ करोड ९४ लाख रुपैयाँमा झरेको छ ।
बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११ करोड २ लाख ३६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपौयँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ छ भने लाभांश क्षमता १५.७६ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि २०.४६ रुपैयाँबाट बढेर २३.१३ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ ।
४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्