काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्