Skip to content
LAXMI SUNRISE BANK

३ महिनामा टिकटकले २० लाख बढी नेपाली भिडियो हटायो, विश्वव्यापी रुपमा झण्डै १९ करोड भिडियो ‘डिलिट’ !

अर्थ सरोकार

काठमाडौँ । सन् २०२६ को दोस्रो त्रैमास (अप्रिलदेखि जुनसम्म)मा टिकटकले २० लाख भन्दा बढी नेपाली भिडियो हटाएको छ । कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने २० लाख ३६ हजार १ सय ९१ नेपाली भिडियोहरु टिकटकले हटाएको हो । 

टिकटकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हटाइएका भिडियोमध्ये ९९.५ प्रतिशत भिडियोहरु प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै पहिचान गरी हटाइएको छ ।

त्यस्तै, ९२.३ प्रतिशत भिडियोहरु २४ घण्टाभित्र हटाइएको छ । यसरी हटाइएका भिडियोहरुमध्ये ३३ हजार ५ सय ३ भिडियोहरु रिभ्युपछि पुनःस्थापना गरिएका छन् । 

यता विश्वव्यापी रुपमा भने टिकटकले सोही अवधि (३ महिना)मा १८ करोड ८२ लाख ९८ हजार १ सय ४१ वटा भिडियोहरु हटाएको छ । हटाइएका भिडियोमध्ये १८ करोड ३३ लाख ४४ हजार ७ सय ७ भिडियो स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको टिकटकले जनाएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK