Skip to content
LAXMI SUNRISE BANK

वर्षाले फूल खेतीमा क्षति, चाडपर्वको मुखमा किसान निराश… (तस्वीरहरु)

अर्थ सरोकार

सिरहा । तिहार र छठ पर्वलाई लक्षित गरी फूल बिक्री गर्ने तयारीमा रहेका सिरहाका किसान लगातार दुई दिन परेको वर्षाले फूल खेतीमा क्षति पुर्याएपछि निराश भएका छन् । फूल टिपेर बजार लैजाने तयारीमा रहेका किसानको महिनौँदेखिको मिहिनेतमा निरन्तरको वर्षाले क्षति पुगेको हो ।

गोलबजार नगरपालिका-३ का किसान मनु स्याङ्दनले विगत १५-२० वर्षदेखि फूल खेती गर्दै आएका छन् । उनले यस वर्ष ४ कठ्ठा जग्गामा सयपत्री फूल लगाएका थिए । खेतीमा करिब एक लाख रुपैयाँ लगानी गरेकी उनले चाडपर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेका थिए । तर, वर्षाका कारण करिब २ हजार ५०० बोट फूल भुइँमा ढलेपछि लगानी र आम्दानी दुवै गुमेको उनले बताए ।

त्यस्तै, गोलबजार नगरपालिका-६ का किसान रुदल नायकको करिब ६ कठ्ठामा लगाइएको फूल खेतीमध्ये ३-४ कठ्ठाको फूल वर्षाले भुइँमा झारिदिएको छ ।

सोही वडाकी किसान इन्द्रकुमारी लामाले पनि ५ कठ्ठामा लगाएको सयपत्री फूलमा वर्षाले ठूलो क्षति पुर्याएको बताइन् । करिब १० वर्षदेखि फूल खेती गर्दै आएकी उनले तिहार र छठ पर्वमा फूल बिक्री गरेर करिब चार लाख रुपैयाँ आम्दानी गर्ने अपेक्षा गरेकी थिइन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK