Skip to content
LAXMI SUNRISE BANK

एनपीएलःविराटनगरको पहिलो जित, सुदूरपश्चिमको दोस्रो हार

अर्थ सरोकार

काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तरगत आजको तेस्रो खेलमा बिराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । जितका लागि पाएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्यो । वर्षाका कारण खेल ५ ओभरमा छोट्याएको थियो ।

सुदूरपश्चिमका स्कट क्वीगलेनले २८ ,आरिफ शेखले १७, सैफ जैबले १७ रनको योगदान गरेपनि हार टार्न सकेनन् ।

विराटनगरका आन्द्रे रसेल,रूपेस सिंह र एन्जेलो म्याथ्यूजले १/१ विकेट लिए ।

यसअघि त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनायो । जसमा शेहान जयसुर्याले ३९,आन्द्रे रसेलले २८ , लोकेश बमले २५ रन बनायो ।

सुदूरपश्चिमका अभिनास बोहराले २ विकेट हात पारे। ३ खेलमा विराटनगरको यो पहिलो जित हो। समान ३ खेल खेलेको सुदूरपश्चिमको दोस्रो हार हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK