Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट क्वाटर रिपोर्टः एनएमबि बैंकको खुद नाफा २७ प्रतिशतले बढ्यो, कस्तो छ बैंकको वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौँ । एनएमबि बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २७.११ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ४.१९ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँबाट २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद शल्क तथा कमिसन आम्दानी पनि ०.७५ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खराब कर्जा ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि बैंकको इम्पेयरमेन्ट चार्ज २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ भने बैंकको वितरणयोग्य नाफा पनि बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK