धनगढी । कैलालीमा कर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल फोटोग्राफर एसोसिएसन कैलालीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय कैलालीको सहकार्यमा करसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम कैलाली उद्योग वाणिज्य संघको सभाहलमा भएको थियो । कार्यक्रममा नेपाल फोटोग्राफर एसोसिएसन कैलालीमा आबद्ध करिब १ सय ८० जना फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।
नेपाल फोटोग्राफर एसोसिएसन कैलालीका अध्यक्ष दिवाकर सिंह ठेकरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कैलालीका प्रमुख भीमप्रसाद काफ्ले प्रमुख अतिथि थिए ।
विशिष्ट अतिथिहरूमा आन्तरिक राजस्व कार्यालय कैलालीका कर अधिकृत तर्कराज जोशी र नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष भुवन जोशी थिए भने कार्यक्रममा अतिथिका रूपमा नेपाल फोटोग्राफर महासंघका सचिव कुलराज चौधरी, सहकोषाध्यक्ष टोपप्रकाश विक, महासंघ सदस्य भरत भण्डारी तथा प्रेस सल्लाहकार उत्तम थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फोटोग्राफी पेसामा आबद्ध व्यवसायीहरूलाई करसम्बन्धी आवश्यक जानकारी, व्यवसाय दर्ता, करका प्रक्रिया तथा व्यवसाय सञ्चालनका क्रममा ध्यान दिनुपर्ने विभिन्न विषयमा जानकारी गराउँदै सचेतना प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापति तथा नेपाल फोटोग्राफर एसोसिएसन कैलालीका अध्यक्ष दिवाकर सिंह ठेकरेले फोटोग्राफरहरूको हकहित, पेसागत सुरक्षा, एकता र व्यावसायिक विकासका विषयमा आफ्नो धारणा राखेका थिए । उनले फोटोग्राफरहरूको क्षमता र दक्षता अभिवृद्धिका लागि संस्थाले आगामी दिनमा फोटोग्राफीसम्बन्धी विभिन्न तालिमका साथै ड्रोनसम्बन्धी तालिमसमेत सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै फोटोग्राफरहरूको समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै संस्थालाई थप सक्रिय र व्यवस्थित बनाउने धारणा राखेका छन् ।

करसम्बन्धी ज्ञान र व्यावसायिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सहभागी फोटोग्राफरहरूका लागि उपयोगी तथा उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन् । कार्यक्रमले फोटोग्राफी पेसामा आबद्ध व्यवसायीहरूबीच आपसी एकता, सहकार्य र व्यावसायिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ । सहभागी फोटोग्राफरहरूले समेत यस्ता सचेतनामूलक तथा सीपमूलक कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्