काठमाडौँ । अस्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया थप कडा बनाउने तयारी गरेको छ । सरकारले विद्यार्थीको आर्थिक क्षमता जाँचलाई कडाइ गर्दै बैंक खातामा देखाउनुपर्ने रकम बढाएर दोब्बर बनाउनेसहितका प्रस्ताव अघि सारेको हो ।
अस्ट्रेलियाको गृह मामिला विभागले अक्टोबर ३० मा सार्वजनिक गरेको छलफलपत्रमा आर्थिक क्षमता प्रमाणित गर्ने चार विकल्प प्रस्ताव गरेको छ । प्रस्तावअनुसार विद्यार्थीले अध्ययन अवधिको कुल शुल्क र जीवनयापन खर्चको ५० प्रतिशत वा पहिलो वर्षको शतप्रतिशत शुल्क तथा जीवनयापन खर्च बराबर रकम अस्ट्रेलियाको बैंक खातामा जम्मा गरेको प्रमाण दिनुपर्ने हुन सक्छ ।
केही विकल्पमा उक्त रकम भिसा आवेदन दिनुभन्दा एकदेखि तीन महिनाअघि नै खातामा जम्मा भएको हुनुपर्नेछ । त्यस्तै, मान्यताप्राप्त शैक्षिक ऋण, छात्रवृत्ति तथा व्यक्तिगत बचतबाट पनि आर्थिक क्षमता प्रमाणित गर्न सकिने प्रस्ताव छ ।
नयाँ व्यवस्थामा बैंकमा देखाइएको रकमको स्रोत, स्वामित्व र विद्यार्थीको पहुँचसमेत जाँच गरिनेछ । अस्ट्रेलिया पुगेपछि काम गरेर कमाउन सक्ने आम्दानीलाई आर्थिक क्षमताको प्रमाण मानिने छैन ।
यससँगै सरकारले वास्तविक विद्यार्थी पहिचान गर्ने मापदण्ड पनि पुनरावलोकन गर्न लागेको छ । विद्यार्थीको शैक्षिक पृष्ठभूमि, रोजेको विषय र अस्ट्रेलियामा अध्ययन गर्न चाहनुको कारणलाई थप प्राथमिकताका साथ मूल्यांकन गरिने प्रस्ताव छ ।
अस्ट्रेलियाली सञ्चारमाध्यम एबीसीका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालबाट विद्यार्थी भिसाका लागि आवेदन दिने ५१ प्रतिशतभन्दा बढीको आवेदन अस्वीकृत भएको थियो ।
गृह मामिला विभागले प्रस्तावित व्यवस्थाबारे नोभेम्बर २३, २०२६ सम्म सुझाव मागेको छ । प्राप्त सुझावका आधारमा सरकारले नयाँ व्यवस्था लागू गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्