Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट क्वाटर रिपोर्टः कुमारी बैंकको नाफा र ईपीएस दुवै बढ्यो

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंकको खुद नाफा सामान्य बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा १.७ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी ८८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको कुल सञ्चालन आम्दानी घटेर ३ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । त्यस्तै, समीक्षा अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थापन पनि घटेर ४४ करोड ९९ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा १४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यसअघि बैंकको यस्तो नाफा ३ अर्ब ९१ करोड रुपैयाँ ऋणात्मक थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३१ पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK