काठमाडौँ । बेलायतले स्थायी बसोबास (पीआर) सम्बन्धी नियम परिवर्तन गरेको छ । बेलायती गृहमन्त्री सबाना महुमदले संसदमा पीआर लिन चाहने आप्रवासीका लागि नयाँ नियम सार्वजनिक गरेकी हुन् ।
उनले सार्वजनिक गरेको उक्त नियममा विगतका धेरै नियमहरु परिवर्तन गरिएका छन् ।
नयाँ नियममा पीआरका लागि यसअघि भएको ५ वर्षको समयावधि बढाएर १० वर्ष पुर्याइएको छ । अर्कोतर्फ नयाँ ‘अर्नड सेटलमेन्ट’ मोडेल अन्तर्गत बेलायतमा बसोबारको अधिकार अब स्वतः पाइने छैन ।
अर्थात, अब आप्रवासीले बेलायतमा गर्ने योगदान र आचरणका आधारमा कति समय कुर्नुपर्छ भन्ने निर्भर हुनेछ । कम आय भएका व्यक्तिहरुले बेलायतमा अनिश्चितकालसम्म बस्ने अनुमति पाउन लामो समय कुर्नुपर्नेछ । तर, उच्च आम्दानी भएका र केही विशेष समूहका व्यक्तिहरुलाई भने प्रक्रिया सहज बनाइएको छ ।
नयाँ नियम अनुसार वार्षिक ५० हजार, २ सय ७१ पाउन्ड तलब हुने उच्च आएका भएका व्यक्ति, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा कार्यरत व्यक्ति, शिक्षक लगायतका व्यक्तिहरु ५ वर्षपछि पीआर पाउन योग्य हुनेछन् । त्यस्तै, वार्षिक एक लाख २५ हजार १४१ पाउन्डभन्दा बढी कमाउने व्यक्ति साथै ‘ग्लोबल ट्यालेन्ट’ वा ‘इनोभेटर फाउन्डर’ भिजामा रहेका ‘उच्च सीपयुक्त’ आप्रवासीले तीन वर्षपछि नै आइएलआर आवेदन दिन योग्य हुनेछन् ।
साना डुङ्गा वा अन्य कुनै गैरकानुनी बाटो हुँदै च्यानल (समुद्री मार्ग) पार गरेर बेलायत आइपुगेका शरणार्थीहरूले यदि उनीहरू काम वा अध्ययन गर्छन् भने २० वर्ष र यदि काम वा अध्ययन गर्दैनन् भने ३० वर्षसम्म कुर्नुपर्नेछ । सरकारी सुविधा (बेनिफिट) दाबी गर्ने आप्रवासीहरूले स्थायी बसोबासका लागि २० वर्ष पर्खनु पर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्