काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ । जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो ।
जसमा सैफ हुसेनले ७१ र विशाल सुस्लिङले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् । विराटनगरका आन्द्रे रसेलले ४ विकेट हात पारे ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो ।
जसमा लोकेश बम,इमरान शेख र आन्द्रे रसेलले अर्धशतक हिर्काए । इमरानले ५६, रसेलले ५२ र बमले ५० रन जोडे। शेख र बमबीच १०७ रनको प्रतियोगिताकै उच्च साझेदारी समेत भयो । विराटनगरका अभिषेश तिवारीले २ र मोइन अलीले १ विकेट लिए ।
चार खेलबाट दुई जित निकालेको विराटनगर शिर्ष स्थानमा उक्लिएको छ । जनकपुर भने तेस्रो स्थानमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्