काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो ।
जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए ।
कर्णालीका मार्क वाटले २ विकेट लिए । आजको जितसंगै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ। कर्णाली भने चौथोमा झरेको छ । यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।
तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ ।
अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्