मुगु । वर्षायाम सकिएर दशैँ–तिहारको आगमनसँगै घुमघामको मौसम सुरु भएको छ । यससँगै नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । तालको मनमोहक दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न थालेका छन् ।
सफा आकाश, वरपरका हरियाली डाँडा र ती डाँडाको छायाँ तालमा प्रतिबिम्बित हुँदा राराको सौन्दर्य झनै आकर्षक देखिन्छ । नीलो पानीमा तैरिएझैँ देखिने हरियाली डाँडाको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ ।
समुद्री सतहबाट करिब दुई हजार ९९० मिटरको उचाइमा अवस्थित रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । करिब १६७ मिटर गहिराइ रहेको यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनमोहक दृश्यका कारण रारा पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित छ ।
रारा तालको सुन्दरता देखेर राजा महेन्द्रले कविता नै लेखेका थिए । जसमा उनले तालको सुन्दरता व्याख्या गर्दै रारालाई स्वर्गकी अप्सरा अर्थात् अति सुन्दर भनेर चित्रण गरेका थिए । २०२० सालको अन्त्यतिर राजा महेन्द्रले रारा भ्रमण गरेपछि र कविता लेखेपछि धेरैको ध्यान तानियो । राजाले भ्रमण गरेकै कारण यो तालको नाम कुनैबेला ‘महेन्द्र ताल’ राखिएको थियो । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्