Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको दर्शन (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । छठ पर्वको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट पुगेर छठी माताको दर्शन तथा पूजा गरेका छन् ।

छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दैछन् ।

सूर्यदेव र छठी माताको उपासना गरी मनाइने यस पर्वमा भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म चल्ने छठ पर्व विधिवत् रूपमा समापन हुनेछ ।

छठ पर्वमा सूर्यलाई अर्घ दिएर परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK