काठमाडौँ । मलेसिया जाने नेपाली कामदारलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जना पुर्वमन्त्रीसहीत ६ जनालाई पक्राउ गरेको छ । सरकारले तोकेको भन्दा बढी रकम असुली गरेको आरोपमा उनीहरुलई प्रक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरेको हो ।
त्यस्तै, ब्युरोले मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले मलेसिया जाने कामदारबाट सरकारले तोकेको रकमभन्दा अतिरिक्त १०० रिङ्गिट उठाइएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘मलेसियामा कामदार पठाउने बेलामा जुन उठाउनु पर्ने भन्दा बाहेकको रकम उठायो भन्ने विषयमा अनुसन्धान हुँदैछ ।’, उनले भने, ‘कामदार त्यो १०० रिङ्गिट एक्स्ट्रा उठायो भन्ने छ, जुन सरकारले तोकेको भन्दा बढी रकम रहेको छ । अहिले अनुसन्धानको लागि हामीले उहाँहरुलाई नियन्त्रणमा ल्याएका हौँ ।’
उनका अनुसार कामदारबाट अतिरिक्त रकम उठाउने निर्णय प्रक्रियामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता रहेको देखिएकाले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनले सरकारले तोकेको रकमभन्दा बढी रकम असुली गर्ने विषयमा निर्णय प्रक्रियामा सहभागी भएकाहरूको भूमिकाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । पक्राउ परेका सबै जना हाल सीआईबीको नियन्त्रणमा रहेको र प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको उनले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्