काठमाडौँ । सुनसरी धरान उपमहानगरपालिकामा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा दुई जना बुधबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संस्थाका संस्थापक धरान उपमहानगरपालिका-१२ घर भइ काठमाडौँ महानगरपालिका-२२ बस्दै आएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान उपमहानगरपालिका-१५ निवासी ३३ वर्षीया अस्मिता भण्डारी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुवै जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपाल-भारत सीमावर्ती क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
पक्राउ परेका भण्डारी बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्य हुन् ।
सहकारीसँग सम्बन्धित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा नेपाल सरकार वादी रहेको मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित रहेको छ । शङ्कर थापा सहित चार हजार २ सय ४३ जनाको जाहेरीका आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस मुद्दामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो दाबी रहेको छ । बराह सहकारीको मुख्य कार्यालय धरानमा रहेको र सहकारीसँग आबद्ध नेपालभर ३० वटा तथा विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ ।
पक्राउ परेका दुवै जना माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्