Skip to content
LAXMI SUNRISE BANK

टिकटमा इसेवाले घोटाला गरेपछि टियु मैदानमा प्रदर्शन !

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको टिकट बिक्रीमा इसेवाले घोटाला गरेको भन्दै प्रदर्शन गरिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान परिसरमा युवाहरुले प्रदर्शन गरेका हुन् । 

शनिबार साँझ हुने एनपिएलको फाइनल खेल (लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल) का लागि इसेवाले शुक्रबार दिउँसो १ बजे टिकट बुकिङ खुला गरेको थियो । तर, टिकट बुकिङ खुला भए पनि अधिकांशले टिकट बुक गर्नै पाएनन् । 

अर्कोतर्फ टिकट बुकिङ खुलेको केही मिनेटमै एनपिएलको फाइनल खेलका सबै टिकट ‘सोल्ड आउट’ भएका थिए । 

यता इसेवामा भएको सुरक्षा कमजोरीको फाइदा उठाउँदै ‘एआई बट’ प्रयोग गरेर केही निश्चित व्यक्तिहरुले नेपाल प्रिमियर लिग (एनपिएल)को सबै टिकट काटेको खुलासा भएको छ । स्वयम् इसेवाकै कर्मचारीले यो तथ्यको पुष्टि गरेका हुन् ।

इसेवाका ती कर्मचारीका अनुसार यस्तो प्राविधिक कमजोरी इसेवामा पहिलादेखी नै थियो ।

टिकट खरिद गर्न नै नपाई सबै टिकट ‘सोल्ड आउट’ भएपछि अधिकांश युवाहरुले एनपिएलको टिकट बिक्रीमा इसेवाले घोटाला गरेको आरोप लगाएका छन् । सोही कारण आक्रोशित भीडले टियु क्रिकेट मैदानमा प्रदर्शन नै गरेका छन् । हाल टियु क्रिकेट मैदान क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK