Skip to content
LAXMI SUNRISE BANK

सुनको भाउ घटेपछि मंसिरमा विवाह गर्न लागेकाहरु सुन पसलमा झुम्मिए, महँगोमा किनेकाहरु निराश !

अर्थ सरोकार

काठमाडौँ । सुनको भाउ ह्वात्तै घटेपछि सुन पसलमा ग्राहकहरुको भीड लागेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ हजार २ सय रुपैयाँले घटेको हो ।

सुनको मूल्य घटेपछि न्युरोड लगायतका ठाउँमा रहेको सुन पसलहरुमा ग्राहकको भीड लागेको छ ।

यसो त सुनको मूल्य घ्टन थालेपछि मंसिरमा विवाह गर्न लागेकाहरु पनि सुन किन्न तछाडमछाड गरिरहेका छन् । यही कारण पनि पछिल्लो केही दिनदेखि सुन पसलहरुमा सुन किन्नेहरु भीड लागेको छ ।

यता सुनको मूल्य अझै बढ्न सक्ने वा अब मूल्य नघट्ने भन्दै महँगोमा सुन किनेकाहरु पनि निराश भएका छन् । कतिपयले त सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ बढी हुँदा पनि सुन किनेको र अहिले मूल्य एक्कासी घटेपछि तनावमा परेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK