Skip to content
LAXMI SUNRISE BANK

घोटाला बाहिरिएपछि इसेवामा आकस्मिक बैठक, प्रहरीको पनि सोधपुछ, ‘मिडिया ट्रायल’को तयारी !

अर्थ सरोकार

काठमाडौँ । बुकिङ्ग नै नखुली सबै टिकट सोल्ड आउट भएसँगै छताछुल्ल भएको इसेवाको घोटाला बाहिरिएपछि कम्पनीमा आकस्मिक बैठक बसेको छ । सो बैठकले घोटाला भएको तथ्य अव नलुक्ने भन्दै बिज्ञप्ति निकाल्ने, प्रहरीको सहयोग माग्दै सुरक्षाका लागि आह्वान गर्ने र सबैकुरा ठिक छ भन्दै मिडिया ट्रायल गर्नेबारे छलफल गरेको इसेवा उच्च स्रोतले जनाएको छ ।

इसेवाका कर्मचारीका अनुसार यस विषयमा इसेवामा पनि ठुलै हल्लीचल्ली भएको छ । आक्रोशित भिडले इसेवामा तोडफोड गर्न सक्ने भन्दै सुरक्षा माग गर्नेदेखि आफु निकटका मिडियाहरु प्रयोग गरेर सबै कुरा नियम अनुसार नै भएको र २०-२५ मिनेटमा टिकट सोल्ड आउट भएको समाचार हाल्न लगाउनेगरी बैठकमा कुराकानी भएको थियो ।

अझ अचम्मको कुरा त के छ भने इसेवाका सीइओलाई नै अन्य कर्मचारीले गुमराहमा राखिरहेको दाबी इसेवाका कर्मचारीहरुको छ । ‘सीइओलाई धेरै कुरा थाहा नै छैन । इसेवाको सिष्टममा ठुलो लुपहोल छ । आज एउटा छताछुल्ल भयो ।’ ती कर्मचारीले भने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK