Skip to content
LAXMI SUNRISE BANK

बुकिङ्ग नखुल्दै टिकट सोल्ड आउट भएपछि टियु ग्राउण्डमा क्रिकेटप्रेमीको नारा – `इसेवा चोर मुर्दाबाद !´

अर्थ सरोकार

काठमाडौँ । टियु क्रिकेट ग्राउण्डमा इसेवाविरुद्ध चर्को नाराबाजी भएको छ । बुकिङ्ग नखुल्दै टिकट सोल्ड आउट भएपछि टियु ग्राउण्डमा क्रिकेटप्रेमीहरुले ‘इसेवा चोर मुर्दाबाद’ भन्दै नाराबाजी गरेका हुन् ।

नाराबाजी चर्किएपछि प्रहरीले हुललाई सम्झाउने प्रयास गरेको थियो । प्रहरीले यस विषयमा इसेवामासेमत आफुले सोधपुछ गरिरहेको भन्दै आक्रोशित भिडलाई नियन्त्रण गर्न खोजेको थियो ।

यता इसेवाले पनि सुरक्षा चुनौती थपिएको र इसेवा तोडफोडसमेत हुन सक्ने भन्दै सुरक्षाको बन्दोबस्त गर्ने विषयमा छलफल गरेको छ ।

पटक पटक बिग्रिने इसेवामा लामो समयदेखि यस्तो सुरक्षा कमजोरी भएको र त्यसको फाइदा उठाउँदै निश्चित स्क्यामरले कालोबजारी गर्न टिकट किनेको दाबी स्वयम् इसेवाका कर्मचारीहरुको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK