Skip to content
LAXMI SUNRISE BANK

आइतबार पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८ सय रुपैयाँले घटेर २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला ३०६५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ७ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २६२८ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK