काठमाडौँ । घोडा चढ्ने लड्छ, खेल हो, जितिन्छ हारिन्छ । बस्, बिर्सनु भएन आफ्नो उद्देश्य । छाड्नु भएन मेहेनत र कर्म । अनि त सफलता, नमिल्ने कुरै छैन । जीवन र खेल न हो, हारिन्छ, लडिन्छ । तर जो उठेर फेरी लक्ष प्राप्तिका लागि मेहेनत गर्छ, उसको जित कसैले रोक्न सक्दैन । यसको पछिल्लो उदाहरण हो सूदूरपश्चिम रोयल्सको जित । जित्न त उसको पनि पहिलो सिजनमै लक्ष थियो । तर कुर्नुपर्यो तेश्रो सिजन । अझ दुई दुई पटक बेस क्याम्पमा पुगेर हिमाल चढ्न असफल भए जस्तो असफलताले सूदूरपश्चिम रोयल्स बिचलित भएन । र यसपाली जित निकालेरै छाड्यो । बधाई छ टिम सूदूरपश्चिम रोयल्सलाई ।
अव आज क्रिकेटमात्र होइन, क्रिकेटसँग जोडिएका ब्राण्डहरुको पनि कुरा गरौँ । नेपाली क्रिकेटलाई साथ दिने सिद्धार्थ बैंकदेखि रेडबुलसम्मलाई धन्यवाद भनौँ । अझ ७ टिमको लक्षलाई साथ दिने एक्सट्रिमलाई अझ धन्यवाद भनौँ । खेल न हो एउटाले जित्यो, तर जनजनको मन जितेका ७ वटै टिमलाई साथ दिने एक्सट्रिमलाई झन् बढी धन्यवाद छ । धन्यवाद छ सबै कर्पोरेट, सबै बैंक तथा बित्तिय संस्था, र सबै स्पोन्सरहरुलाई । किनकि यसपटक गरिएको मात्र विज्ञापन थिएन । आफ्नै काकाको बारीमा शौचालय बनाउन गरिने सीआरएस वा आफ्नै भान्जाको अनलाइनमा दिएको विज्ञापनजस्तो थिएन एनपीएलको विज्ञापन । खेलप्रेमी सबै झुम्मिएको महाकुम्भ मेलामा विज्ञापन गर्ने र क्रिकेटलाई साथ दिने दुवै गज्जबको काम गर्ने सबै विज्ञापनदातालाई धन्यवाद छ । ट्रफीको सूदूरले जित्यो त, जित त नेपाली मिडियाको पनि भयो, नेपाली ब्रान्डहरुको पनि भयो, समग्र नेपालीहरुको भयो । यति फरक हो, कसलाई कति फाइदा भयो र ढंग नजान्दा कतिलाई अपेक्षित फाइदा भएन ।
सुरु गरौँ एक्सट्रिमबाट । सरकारले नै भनिसकेको छ, एक्सट्रिम दिनमा दुई क्यानसम्म एउटा स्वस्थ बयस्कले खान मिल्छ । सबैभन्दा राम्रो त घरको खाना बाहेक अन्त केही नखाएको जीवनशैली बेस्ट हो, तर कसैले स्वाद लिन चाहान्छ भने, एक्सट्रिम पिउन चाहान्छ, कोक पिउन चाहान्छ, रेड बुल पिउन चाहान्छ भने त्यो उसको स्वतन्त्रताको विषय हो । यसपाली मैदानमा एक्सट्रिम यसरी उत्रियो कि उसले प्रोडक्ट सेल कति भयो भन्दा पनि उसले नेपाली क्रिकेटलाई दिएको योगदान बढी महत्वपूर्ण छ ।
खुलेर विज्ञापन गर्न नचाहने विज्ञापनदाताको भीडमा विज्ञापन बजारलाई एक्सट्रिमले यति चलायमान बनाईदियो कि अव त खुलेरै भन्न सकिन्छ, एक्सट्रिम थिएन भने सायद एनपीएलमा टीमहरुलाई वित्तीय रुपमा यति सहजता हुन्न थियो होला । ७ टिमलाई एक्सट्रिमले प्रायोजन गर्यो । एउटालाई रेड बुलले । रेड बुलवाला टोलीले खेल जित्यो होला तर, सबै सबै खेल प्रेमीको मन नेपाली उत्पादनसमेत रहेको एक्सट्रिमले नै जित्यो । यसका लागि एक्सट्रिमलाई धन्यवाद भन्नैपर्छ ।
अव कुरा गरौँ रेड बुलको । धन्न, सुदूरपश्चिमले जित्यो र रेड बुलको ब्राण्ड हेर्नेको नाक जोगिएको छ । नत्र त करोडौं खर्च गर्ने रेड बुल, जताततै देखिने एक्सट्रिम भईसकेको थियो । एनपीएलको प्रायोजक रेडबुल, तर जताततै छाउने एक्सट्रिम भईसकेको थियो । ब्रोडकास्टरलाई मुख्य प्रायोजन गर्ने रेड बुल, तर जताततै देखिने एक्सट्रिम भईसकेको थियो । रेड बुलमा काम गर्नेहरुलाई त अफिस पनि एक्सट्रिमको गेट हुँदै जानुपर्ने बाध्यता छ आज पनि । शहरहरुमा त कुरै छाडौं, गाउँ पहाडहरुमा रेडबुल भन्दा एक्सट्रिम चल्ने भएपछि आत्तिएको रेड बुलको लगानी एनपीएलमा छैन भनौं भयङ्कर छ, छ भनौं के छ के छ भनेजस्तो भईसकेको थियो । सूदूरको जितले उसले एउटा लडाई जितेको आभास गरिसकेको हुनुपर्छ । यति पनि थिएन भने रेड बुलका ब्राण्ड हेर्नेको त नाक देखाउने ठाउँ पनि थिएन । त्यसैले पनि बजारमा चर्चा थियो, अव केही नसकेपछि रेड बुलको ब्राण्ड हेर्नेले कुनै अमुक मिडिया कसैलाई चलाउन लगाएर एक्सट्रिम विरुद्ध अभियान चलाउँदै छ, प्लान ८९ असफल भए पछि प्लान २९ बनाएर एक्सट्रिम विरुद्ध २९ मिडिया परिचालन हुँदैछ भनेर । तर यो सब हल्ला गर्नैनपर्नेगरी सूदूरले जित निकालेपछि उसलाई केही सहज भएको छ । तर जति लगानी भएको थियो रेडबुलको एनपीएलमा त्यसको मज्जा भने एक्सट्रिमले लुटिदियो। समग्रमा भन्दा एउटा विषयमा टप गरेर समग्रमा फेल भएको विद्यार्थीको हालत भएको छ रेडबुलको । रेडबुललाई धन्यवाद छ । विदेशी ब्राण्ड भन्दा स्वदेशी एक्सट्रिमतिरै जनताको ध्यान जाँदा पनि नेपाली क्रिकेटलाई यति धेरै साथ दिएकोमा रेड बुललाई फेरी पनि धन्यवाद छ ।
अव कुरा गरौँ सिद्धार्थ बैंकको । प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि आफ्ना अध्यक्ष जोगाउन बैंकलाई धौधौ भएको थियो । त्यसैबीच आफ्ना अध्यक्षलाई नथुन्नेसर्त मा कसैले गरेको अप्रोचमा एनपीएल प्रायोजन गरेको थियो सिद्धार्थ बैंकले । त्यो पनि ३ करोड बार्षिक दिएर सिद्धार्थ बैंक, र उसका सब्सीडरी सिद्धार्थ क्यापिटल, सानिमा रिलायन्स इन्स्योरेन्स र अर्को एउटा कम्पनीको पनि त्यही पैसामा विज्ञापन राख्नेगरी । क्रिकेट संघका पारस दाइ र सिद्धार्थ बैंकका सुरेश महर्जन अङ्कल साथी भएकाले पनि यो डिल थप सहज भएको थियो । तर बैंकलाई यसरी कागताली पर्यो कि, अरुले ५०-५५ करोड हाल्न तयार भएको प्याकेज उसले ३ करोडमै पाएको थियो, त्यो पनि बम्पर डिल जस्तो । तर भाग्यमानीलाई खाने बेलामा रिस उठ्छ भनेजस्तै यही बेला उसका अनेक काण्ड बजारमा आए । बैंकका कर्मचारीले ग्राहकको पैसा चोरेको लफडा देखि, ग्राहकलाई थाहा नै नभई बैंक कर्मचारीले ग्राहकको पैसा आफ्नो खातामा सुटुक्क सारेको समेत लफडा प्रमाणसहित बाहिर आयो । त्यति मात्र होइन, यही बेला बदमासी गरेर आफ्ना कर्मचारी विदेश भागे, यही बेला नक्कली मान्छे खडा गरेर बैंकका कर्मचारीले ऋण दिएको तथ्य बाहिरियो । बैंक यति धेरै काण्डमा पर्यो कि अव उसले नेपालमा सबै भन्दा बढी काण्ड घटाउने बैंकलाई विदेशी संस्था द बैंकरले दिने अवार्ड नै देला जस्तो भयो । सिध्दार्थ बैंक यो बीचमा यति विवादमा आयो कि मानौं, सिद्धार्थ बैंक एनआईसी एशियाजस्तै सिद्धिने लाइनमा छ । धन्न पुराना हाकिमले गरेको मेहेनतले सेयरधनीलाई राम्रै लाभांश खुवाउन मिल्यो र एउटा इज्जत जोगिएको छ । नत्र त भन्ने ठाउँ पनि केही थिएन, किनकि टाल्न बाँकी प्वाल पनि कतै छैन । यति हुँदा हुँदै पनि नेपाली क्रिकेटलाई सिद्धार्थ बैंकले गरेको प्रायोजन उसका लागि मात्र चिठ्ठा भएन, क्रिकेटका लागि सहयोग पनि भयो । हो, सिद्धार्थ बैंककै कारण क्रिकेट संघलाई फाइदा होइन, घाटा भएको छ । पूरै देशलाई घाटा भएको छ । तर पनि सुरुवात त उसैबाट भएको थियो । त्यसैले अरुको बैंकको लोगो चोरेर बनाएको लोगो कुनै बेला परिवर्तन गर्नुपर्छ भन्ने जान्दाजान्दै पनि विवास्तामा परेरै सहि, ३ करोड खर्च गर्ने सिद्धार्थ बैंकलाई विशेष धन्यवाद छ ।
अव कुरा गरौँ इसेवाको । इसेवाजस्तो झुर सेवालाई एनपीएलको टेन्डरमा इलिजिबल बनाउनु नै क्यानको रहर होइन बाध्यता थियो । तर यसपाली इसेवा यसरी पछारियो कि मानौं, उसको विश्वास नै सोल्ड आउट भईसकेको छ । क्रिकेट प्रेमीको नजरमा इसेवा स्क्यामसेवा प्रमाणित भईसकेको छ । आफैंले खर्च गरेर आफ्नै बेइज्जत गराउन आफ्नै कर्मचारीहरु रातदिन लागेको बिजोग अवस्थाका बीच इसेवा,जनताका अगाडि मुख देखाउन नै नसक्ने अवस्थामा पुगिसकेको छ । किनकि अवत प्रमाणित नै भसक्यो , इसेवा होइन इसेवा नामको झुर सेवा छि सेवा भईसक्यो, जहाँ इ चल्छ, सेवा चल्दैन ।
एपालीको एनपीएलमा सबैभन्दा बढी विवादित भएको ब्राण्ड नेटटिभि पनि हो । न क्वालिटी छ, न ग्राहकप्रति उत्तरदायी । न सपोर्ट गतिलो छ, न युआई । त्यसैले त १८ करोड हालेर किनेको राइटमा उसले ८ करोड मात्र मुस्किलले उठायो । अरु लगानी पानीमै बग्यो । अरुलाई पनि पिडित बनाउने बिचरा यस्तो पिडित ब्राण्डका बारेमा अरु के नै भन्नुपर्यो र ?
एनपीएलमा गज्जबको खर्च गरेर चर्चा नपाएको अर्को ब्राण्ड अमोडा पनि हो । विज्ञापन गर्ने ढंग नजान्दा र एनपीएलमा लोगो देखाएपछि सबै सकियो भन्ने मानसिकताका कारण यो ब्राण्ड पनि एनपीएलमा थियो र भन्ने सम्मको स्थिति बनेको छ । पैसा त उसले राम्रै लगानी गरेको हो, तर ढंग नपुगेको सत्य हो । ब्राण्ड हेर्ने साथी को हुन् थाहा छैन, तर जसले हेर्यो, स्वाहा पार्यो । हामीले पनि यो ब्राण्ड एनपीएलमा पनि छ भन्ने कुरा केही दिन अघि मात्र ख्याल गरेका हौँ ।
एनपीएलमा कसैले मिठो पैसा कमायो, गज्जबको ब्राण्ड बनायो, सबैलाई खुसी पार्यो र आफ्नो बिजनेश गर्यो भने त्यो हिमालय टिभिले गर्यो । टेन्डरको पैसा झन्डै दुई प्रायोजकबाट उठ्यो, अरु बिजनेश पनि राम्रै भयो । अनलाइन खबरको ब्राण्डले झन् सहज भयो । टिभि उठ्यो, बिजनेशमा फाइदा भयो । एक महिना पूरै सबैको ध्यान उही हिमालय स्पोट्र्समा मात्र थियो । यो गज्जबको सफलताका लागि टिम हिमालयलाई बधाई छ । र नेपाली क्रिकेटलाई हिमालय स्पोट्र्स, अनलाइन खबर वा हिमालय टिभीले दिएको योगदान सलामयोग्य छ । टिम हिमालयलाई असीम बधाई ।
अरु प्रायोजकहरुको स्थिति यस्तै त्यस्तै भयो । मुक्तिनाथ बिकास बैंकले जनकपुर बोल्ट्सलाई प्रायोजन गरेको कुरा जनकपुरका फ्यानहरुलाईसमेत गतिलो थाहा भएन । यहाँ पनि मुक्तिनाथको ढंग पुगेन । बिराटनगरलाई एभरेष्ट बैंकले प्रायोजन गरेको कुरा सन्दीपका कारण केहिलाई थाहा भए पनि गज्जब प्रचार भएन । नेपाल लाइफले थोरै पैसामा पनि एनपीएलमा गज्जबको स्पेस पाएकै हो । बजाजले गरेको मार्केटिङ औसत मात्र भए पनि, उसको लगानी राम्रै थियो । आर्या भन्ने औसधि बेच्ने कम्पनीको प्रचार पनि खेलअवधि भर राम्रै भयो । प्रोटोन विज्ञापन एजेन्सीको टालटुले प्लानका कारण खासै जम्न सकेन । तर ब्राण्ड जति देखिए पनि उनीहरुले खर्च राम्रो गरे, जसले क्रिकेटलाई साथ दियो । एनपीएललाई साथ दिने सबैलाई धन्यवाद छ । (भिडियो)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्