काठमाडौँ । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा हुने भेटवार्तामा नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको भ्रमण कार्यतालिका अनुसार सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । सो अवसरमा उनलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । राजघाटको कार्यक्रमपछि उनी हैदरावाद हाउस पुग्नेछन्, जहाँ भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्