Skip to content
LAXMI SUNRISE BANK

स्वदेश फर्किन शेख हसिनाले मागिन् विमान, बंगलादेश सरकारले भन्यो- ‘स्वदेश फर्किए पक्राउ गर्छौं’

अर्थ सरोकार

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किन बंगलादेशसँग राष्ट्रिय ध्वजावाहक विमान मागेकी छिन् । आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने इच्छा व्यक्त गर्दै उनले विमान र आवश्यक कागजातको व्यवस्था मिलाउन माग गरेकी हुन् ।

रोयटर्सका अनुसार हसिनाले सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा मनाइने विजय दिवसकै दिन स्वदेश फर्किने इच्छा राखेकी हुन् ।

तर, हसिनाको उक्त प्रस्तावलाई बंगलादेश सरकारले अस्वीकार गरेको छ । हसिनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बंगलादेश सरकारले उनी स्वदेश फर्किए दोषी ठहर भएको व्यक्ति भएकाले पक्राउ गर्ने चेतावनी दिएको छ । 

त्यस्तै, बंगलादेश सरकारले इच्छा र वास्तविकता फरक हुने भन्दै उनको माग पनि अस्वीकार गरेको छ भने सीमा सुरक्षा पनि बढाएको छ । 

सन् २०२४ अगस्ट ५ मा भएको विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिनाले बंगलादेश छोडेकी थिइन् । त्यसयता उनी भारतमा बस्दै आएकी छिन् 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK