काठमाडौँ । स्रोत नखुलेको रकमसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ बाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ५१ वर्षीय सिरेनौ ओजी र ४३ वर्षीय वुजियान्दुओजी रहेका छन् ।
उनीहरुको साथबाट १६ लाख ६ हजार ८ सय नेपाली रुपैयाँ र ६६ हजार ९ सय ५० युआन बरामद गरिएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ ।
प्रहरीका अनुसार कोदारीबाट काठमाडौँ जाँदै गरेको बा ५३ च ५२९३ नम्बरको स्कारपियो गाडी जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम फेला परेको हो । हाल पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page






प्रतिक्रिया दिनुहोस्