Skip to content
LAXMI SUNRISE BANK

‘साफा अवार्ड’ पाउने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ, ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

अर्थ सरोकार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स साफा अवार्डबाट सम्मानित हुने पहिलो नेपाली जीवन बीमा कम्पनी बनेको छ । कम्पनीले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)द्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड पाएको हो ।

साफाद्वारा आयोजित प्रतिष्ठित ‘साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२५’ अन्तर्गत जीवन बीमा विधामा नेपाल लाइफले उक्त सम्मान प्राप्त गरेको हो । 

बंगलादेशको ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा शनिबार आयोजित पुरस्कार वितरण समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण रमण पराजुली तथा प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले सो अवार्ड ग्रहण गरेका थिए । 

नेपाल लाइफले यसअघि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट नेशनल बेस्ट प्रिजेन्टेड एनुअल (बीपीए) रिपोर्ट अवार्ड २०२५ अन्तर्गत ‘गोल्ड अवार्ड’   प्राप्त गरेको थियो । अहिले कम्पनीले आईक्यानको सिफारिस र वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो ।

अवार्ड ग्रहण गर्दै कम्पनीका सिइओ पराजुलीले उक्त सम्मान नेपाल लाइफको मात्र नभएर समग्र नेपाली जीवन बीमा क्षेत्रकै लागि गौरवको विषयमा भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK