Skip to content
LAXMI SUNRISE BANK

‘साफा मेरिट अवार्ड’बाट नबिल बैंक दोस्रो पटक सम्मानित

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंक ‘साफा अवार्ड’बाट सम्मानित भएको छ । दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वा प्रदान गरिने ‘साफा मेरिट अवार्ड’ पाएको हो ।

शनिबार बंगालदेशको ढाकास्थित रेडिसन ब्लु वाटर गार्डेनमा आयोजित विशेष समारोहमा नबिल बैंकलाई सो अवार्ड प्रदान गरिएको हो । 

उक्त अवार्ड बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले ग्रहण गरेका थिए । बैंकले वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले उक्त अवार्ड दिइएको हो ।

अवार्ड ग्रहण गरेपश्चात् बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनेज कुमार ज्ञवालीले ‘साफा मेरिट अवार्ड’ प्राप्त गर्नु नबिल बैंकका लागि मात्र नभई नेपालको बैंकिङ क्षेत्रका लागि पनि गर्वको विषय भएको बताएका छन् । उनले उक्त सम्मानले बैंकलाई थप पारदर्शी र अझै बलियो बन्नेतर्फ प्रेरित गरेको पनि बताएका छन् । 

नबिल बैंक यसअघि पनि निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा ‘साफा मेरिट अवार्ड’बाट सम्मानित भएको थियो । दोस्रो पटक प्राप्त यस सम्मानले बैंकले वित्तीय पारदर्शिता, जवाफदेहिता तथा उत्कृष्ट प्रतिवेदन अभ्यासमा कायम राखेको निरन्तरतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

नबिल बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK