×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, १ सय रुपैयाँमा साताभरि युट्युब चलाउन मिल्ने

LAXMI SUNRISE BANK

एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर, १ सय रुपैयाँमा साताभरि युट्युब चलाउन मिल्ने

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनसेलका सबै फोरजी ग्राहकले भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट फाइदा लिन सक्ने भएका छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ । एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको हो।
‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र १०० रुपैयाँ (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो हेर्न सकिन्छ। साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन्।
फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहने कम्पनीले बताएको छ। साथै। यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्नेछन्।
ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० रुपैयाँ (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन्। उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन्। त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्ने एनसेलको भनाइ छ।
आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा समेत लिन सक्नेछन्। एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन्। फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ ।
यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसंग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनुपर्दछ। आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन्। साथै सिम अपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन्।
आफ्नो प्रतिवद्धता अनुरुप र नयाँ ‘प्लस’ थिमअन्तर्गत ग्राहकका लागि थप नवीन सेवा तथा सुविधाहरु ल्याउने एनसेलले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी