काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोना संक्रमित थपिएसंगै संक्रमित संख्या ६ लाख ४ हजार ६४१ जना पुगेको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् । तमिलनाडुमा संक्रमित मध्ये १ हजार २६४ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन् । दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ । – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्