
- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । उदयपुरको घुर्मीमा होल्डिङ सेन्टर स्थापना गर्न सांसदले माग गरेका छन् । उनीहरुले पूर्वी पहाडका ओखलढुंगा, सोलुखुम्बु र खोटाङ तथा उदयपुरको पूर्वी भेगका लागि छुट्टै होल्डिङ सेन्टर आवश्यक रहेको सांसदको भनाइ छ । चार जिल्लाका प्रदेश सांसद तथा पूर्वाधार विकास राज्यमन्त्री अम्बीरबाबु गुरुङसहितले मुख्यमन्त्री समक्ष माग गरेका हुन् । उनीहरुले भारतलगायत विदेशबाट आउने नागरिकहरुलाई कोरोना परीक्षण तथा घरसम्म लैजानका लागि छुट्टै होल्डिङ सेन्टर आवश्यक रहेको भन्दै मुख्यमन्त्री शेरधन राईलाई माग पत्र बुझाएका छन् ।
प्रदेश १ मा सुनसरीको चतारामा एक मात्र होल्डिङ सेन्टर छ । पहाडका जिल्लामा आउने नागरिकलाई अपायक परेकाले घुर्मीमा होल्डिङ सेन्टर आवश्यक रहेको सांसद मोहन खड्काले बताए । सांसदले पहाडका ओखलढुंगा, सोलुखुम्बु र खोटाङ तथा उदयपुरको पूर्वी भेगका नागरिकका लागि उपयुक्त ठाउँमा कोरोना अस्पताल विकास गर्न पनि माग गरेका छन् । राज्यमन्त्री तथा सांसदहरुको माग कार्यन्वयनमा लैजान मुख्यमन्त्री राईले मुख्य सचिवलाई निर्देशन दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्