
- अर्थ सरोकार सम्बाददाता
सल्यान । दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ । सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टी भएको थियो । तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ।
कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका कार्यालयको सबै नियमित कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए । कर्मचारीमा कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाव संकलन गरिने खड्काले बताए ।
दार्मा गाउँपालिकामा यसअघि नौजनामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्