×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप २१ जनाले जिते कोरोना, गण्डक अस्पतालबाट भए डिस्चार्ज !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालमा थप २१ जनाले जिते कोरोना, गण्डक अस्पतालबाट भए डिस्चार्ज !

Artha Sarokar

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जबाट थप २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । नारायणी अस्पताल मातहत रहेको अस्थायी विशेष कोभिड अस्पताल गण्डकबाट २१ जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले लागातार दुई वटा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरी घर पठाइएको बताए । तीन जना महिला र १८ जना पुरुषहरु घर फर्किएका हुन् ।
निको हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिकाका १० जना, पटेर्वा सुगौली गाउँपालिकाका दुई, पोखरिया नगरपालिकाका पाँच, पर्सागढी नगरपालिकाका जिराभवानी गाउँपालिका, सखुवा प्रसौनी र धोबिनीका एक/एक जना रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी