×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले हटायो सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा, लगानीकर्ताहरुलाई राहत ! (सर्कुरलसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकले हटायो सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा, लगानीकर्ताहरुलाई राहत ! (सर्कुरलसहित)

Artha Sarokar

१० असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले एक सर्कुरल जारी गर्दै सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीको सीमा हटाएको जानकारी दिएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै धितोपत्र कारोबार गर्दा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गरिने कारोबारको यसअघि कायम दैनिक तथा मासिक सीमा हटाएको हो ।
मोबाइल बैंकिङमार्फत प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँसम्म मात्र कारोबार गर्न मिल्ने गरी सीमा तोकिएको थियो । यस्तै इन्टरनेट बैंकिङमार्फत प्रतिदिन १० लाख र प्रतिमहिना ३० लाख रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो । राष्ट्र बैंकले सो सीमा हटाएको हो । 
यसअघि लगानीकर्ता अन्य सरोकारवालाहरुले सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत कायम सीमा हटाउन माग गर्दै आएका थिए । उनीहरुको मागलाई नेपाल राष्ट्र बैंकले कोरोना कहरकाबीच अहिले सम्बोधन गरेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी