- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीमा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीको गुल्मी दरबार गाउँपालिका वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ ।
गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबारै सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसहरुलाई पनि प्रवेश गर्न नदिन आह्वान गरेका छन् ।
साथै, कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा सुत्केरीको सम्पर्कमा आएका व्यक्तिहरुको र परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिने छ । राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिवार मात्रै गुल्मीको रेसुङ्गा नगरपालिकामा १८ जना, गुल्मी दरबार गाउँपालिकामा १ जना र छत्रकोट गाउँपालिकामा १ जना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मी जिल्लामा हाल कोरोना संक्रमितको संख्या १७४ पुगेको छ । ६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट एक हजार २६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा चार सय २९ जनाको रिपोर्ट आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्