×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका कोरोना संक्रमित कर्मचारीलाई अझै निको भएन, अन्य स्टाफ ‘ठिक छन्’ भन्दै शाखा खोल्नै हतारो !

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकका कोरोना संक्रमित कर्मचारीलाई अझै निको भएन, अन्य स्टाफ ‘ठिक छन्’ भन्दै शाखा खोल्नै हतारो !

अर्थ सरोकार

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार प्रदेश ५ ब्युरो 
कपिलवस्तु । कपिलवस्तुमा कोरोना संक्रमण भएका बैंकका मेनेजर अझै निको नभएको खबर छ । उनी अझै पनि आइसोलेसनमा नै रहेको उनी निकट बैंकरहरुले बताएका छन् ।  राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवामा रहेको राष्ट्रिय वाणिज्य बैंकका मेनेजरलाई कोरोना संक्रमण देखिएको थियो ।
उनमा संक्रमण पुष्टी भएपछि बैंक पुगेका सेवाग्राहीको पनि कन्टयाक्ट ट्रेसिङ थालिएको थियो । जसका क्रममा भेटिएका अन्य बैंकर र बैंक पुगेका ग्राहकहरुमा कोरोनाको परिक्षण गरिएको थियो । सबैको परिक्षण नेगेटिभ आएको छ । कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएपछि अन्य स्टाफ र बैंक पुगेका ग्राहककोसमेत परिक्षण गरिएको थियो । अन्यको रिपोर्ट नेगेटिभ आएको छ । 
यता बैंकले भने शाखाको कामकारवाही खोल्ने हतारो गरेको छ । ‘स्टाफहरुको रिपोर्ट नेगेटिभ आएको छ, अब आजभोलिमा शाखा खोल्छौं ।’ एक कर्मचारीले अर्थ सरोकारसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: