×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र आजदेखि कारोबारमा आउने

PRIME CA

कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र आजदेखि कारोबारमा आउने

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकको १० लाख कित्ता ऋणपत्र आजदेखि कारोबारमा आउने भएको छ । बैंकको १० लाख कित्ता ऋणपत्रनेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा असार ९ सूचीकृत भएको हो । बैंकको गत माघ २२ मा निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १ हजार कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७’ नेप्सेमा आज बिहीबार १० गते देखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको हो ।
असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: