![](https://1.bp.blogspot.com/-Xay11zZRkI4/XuiqIM22rLI/AAAAAAAAMKY/DswlOMFpg-EjX8KASgkW3p3nnNZL4w6KwCLcBGAsYHQ/s1600/2.jpg)
- अर्थ सरोकार सम्बादाता
काठमाडौँ । काठमाडौमा थप १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंकी १ महिलामा संक्रमण पुष्टी भएको बताएका हुन् ।
यसअघि सोमबार पनि काठमाडौंका ४ जनामा संक्रमण देखिएको थियो । मंगलबारमात्र देशभर ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन् । संक्रमितको कुल संख्या ६५९२ पुगेको छ ।