Skip to content
LAXMI SUNRISE BANK

कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

अर्थ सरोकार

सुर्खेत
  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत । कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या नौ सय १५ पुगेको छ। प्रदेश सरकारको स्वास्थ्य महाशाखाले प्रेस विज्ञप्ति जारी गरी प्रदेशका विभिन्न जिल्लामा थप ६९ जनामा संक्रमण देखिएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमित सुर्खेतका ४० र दैलेखका २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायाण बिडारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK