×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या ७६३ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या ७६३ पुग्यो

Artha Sarokar

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दैलेख
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको हो । 
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौँ बूढानीलकण्ठ निवासी हाल चिङ्गाड गाउँपालिका सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख डुङ्गेश्वर गाउँपालिकामा ६ महिने शिशु, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका ६  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी