- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जनाले कोरोनालाई जितेका छन् । कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।
प्राप्त भएको जानकारी अनुसार डिस्चार्ज हुनेमा ११ महिला र २० पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।
यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी भइरहेको छ ।